बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो :कोइराला

२०८१ चैत्र २६ मंगलवार
सारांश
  • आजको यो कार्यक्रम केवल पुस्तक प्रकाशन मात्र नभएर नेपाल लगायत विश्वभरका राष्ट्रहरुको सहयोग, समृद्धि र दिगो विकासको मार्गचित्र प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो ।


काठमाडौं : नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना भएको बताएकी छन् ।


मंगलबार काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले चीनबाट अगाडि सारेको बहुआयामिक योजना बिआरआइले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताईन् । 


उनले भनिन्, ‘आजको यो कार्यक्रम केवल पुस्तक प्रकाशन मात्र नभएर नेपाल लगायत विश्वभरका राष्ट्रहरुको सहयोग, समृद्धि र दिगो विकासको मार्गचित्र प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो । बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना हो । यसले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।’


यस्तै, उनले  चीनको नेतृत्वमा अगाडि बढि रहेको यो प्रयोजनाले भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै नेपाल जस्तो भूपरिवेस्थित राष्ट्रका लागि अन्तराष्ट्रिय व्यापार मार्गहरुमा पहुँचको लागि पनि सहज हुने बताईन् ।


उनले भनिन्, ‘नेपालका लागि बिआरआई एउटा राम्रो अवसर हो । चीनको नेतृत्वमा अगाडि बढि रहेको यो प्रयोजनाले हाम्रो भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ । नेपाल जस्तो भूपरिवेस्थित राष्ट्रका लागि अन्तराष्ट्रिय व्यापार मार्गहरुमा पहुँच आवश्यक छ । बिआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्न सक्छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार